काठमाडौं, २७ साउन । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को व्यवहारप्रति प्रश्न उठाउँदै गलत कार्यशैली सुधार्न आग्रह गरेका छन्। उनले प्रतिनिधि सभाको मूल बैठक बहिष्कार गर्दै संसदीय समितिमा सहभागी हुने प्रवृत्तिलाई मेल नखाने बताए।
मंगलबार प्रतिनिधि सभामा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूले संसद्को बहिष्कारको नाटक गर्दै बाहिर गएर सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्री र नेताहरूविरुद्ध अशिष्ट र अश्लील शब्द प्रयोग गरेको आरोप लगाए।
उनका अनुसार, सामाजिक सञ्जालमा बा, आमा, श्रीमती, हजुरबा–हजुरआमासम्मको नाममा गालीगलौज गर्ने प्रवृत्ति अस्वीकार्य छ।
बर्तौलाले यस्तो व्यवहार तत्काल सुधार्न रास्वपा सांसदहरूलाई चेतावनी दिँदै भविष्यमा यसले आफैंलाई भारी पर्नसक्ने बताए। उनले संगठनबद्ध रूपमा हुने अशिष्ट टिप्पणी र गालीगलौजको शृङ्खला रोक्नुपर्नेमा जोड दिएका छन्।









प्रतिक्रिया