काठमाडौं, २७ साउन । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
समितिको प्रतिवेदनले खतिवडाले समन्वयकारी भूमिकामा कमी देखाएको र गम्भीर त्रुटिप्रति उत्तरदायी भूमिका नखेलेको ठहर गरेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।
‘प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेश भएको देखिँदा कानुनत: हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिका सचिव सुरजकुमार दुरा पनि जिम्मेवारी पूरा नगरेको ठहर गरिएको छ।








प्रतिक्रिया