४ असार २०८३, बिहिबार

तामाकोशीमा बगेर वृद्ध बेपत्ता, खोजी जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २७ साउन । मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेड खोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् ।

भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए ।

बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनःखाना खाएर नदीमा गएका थिए । नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन् । ‘नदीको पानीमा अलितलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्,’उनले भने ।

घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमाज ुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । स्थानीय र प्रहरी खोजी गरिरहेका छन् ।

वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताएका छन् । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तर पनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने ।