१८ असार २०८३, बिहिबार

भ्रातृ संस्थाहरूको अधिवेशन गराउन कांग्रेसले पारित गर्‍यो निर्देशिका

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ साउन: नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिए । उनले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरूसँग सुझाव लिइएको बताए ।