धनगढी, २६ साउन । कैलाली कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीका परिवार र प्रशासनबीच सम्झौता भएको छ ।
राखेका मागहरू पूरा हुने आश्वासनपछि परिवारले शव बुझ्ने भएका हुन् । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।
धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव आफन्तले बुझ्ने भएका छन् । सहमतिसँगै चौधरी परिवारले जिल्ला प्रहरी कार्यालयमा जोहरी पनि दिएका छन् ।








प्रतिक्रिया