११ असार २०८३, बिहिबार

मदन भण्डारी फाउन्डेसन कसरी जाने हो भन्ने अन्योल छ : प्रधानमन्त्री ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने अन्योल रहेको बताएका छन् ।

मदन आश्रित स्मृति प्रतिष्ठान शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले फाउण्डेननका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लेखेर प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो फाउन्डेसन । यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो । त्यो पार्टीको पक्षमा र आन्दोलनको नै बनेको संस्था हो । तर, त्यसको आगामी दिनमा के हुन्छ, कसरी अगाडि जान्छ हेर्नुपर्ने अवस्था बनेको छ । पदाधिकारहीहरूका अभिव्यक्ति‘। चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा त्यो कसरी जाने हो भन्ने अन्योल छ ।’