काठमाडौं, २६ साउन । रोजगारीका लागि कोरिया जान इच्छुक नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सञ्चालन हुने यो परीक्षामा सहभागी हुन अनलाइनमार्फत आवेदन दिन सकिन्छ ।
इच्छुकले विभागको आधिकारिक वेबसाइटमा गएर आवश्यक विवरण भरेर फारम बुझाउनुपर्नेछ। साथै, आवेदनको साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हालसालै खिचिएको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
यो वर्षको ईपीएसको परीक्षा मिति आगामी महिना सार्वजनिक गरिने विभागले जनाएको छ। कोरियामा रोजगारीका लागि भाषा परीक्षा पास गरेपछि मात्र श्रमिक छनोटको अर्को चरणमा प्रवेश गर्न पाइने भएकाले आवेदन प्रक्रिया समयमै पूरा गर्न विभागले आग्रह गरेको हो।
परीक्षाको लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आँकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण गराउने तयारी छ।








प्रतिक्रिया