२२ असार २०८३, सोमबार

सुन्दरबजारमा अटो दुर्घटना हुँदा ७ जना घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुन्दरबजार, २६ साउन । लमजुङको सुन्दरबजार नगरपालिकामा अटो दुर्घटना हुँदा साताजना घाइते भएका छन् ।

सुन्दरबजार नगरपालिका वडा नम्बर–८, पोखरेल गाउँको घुम्तीमापाउँदीतर्फ जाँदै गरेको ग।प्र।०४–००१ ह २०४ नम्बरको अटो दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोल निवासी ४५ वर्षीया गोमा अधिकारी, सुन्दरबजार नगरपालिका–६ की ५० वर्षीया कृष्णकुमारी रेग्मी, ४५ वर्षीया सृजना तामाङ, ५५ वर्षीया स्वतन्त्रा घिमिरे, ३७ वर्षीया सरस्वती न्यौपाने, पर्वतको कुश्मा नगरपालिका–१० घर भई हाल लमजुङ क्याम्पसमा अध्ययनरत २१ वर्षीय दिक्षकिरण शर्मा रहेका छन् ।

घाइते अधिकारीको टाउकोमा गम्भीर चोक लागेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ । बाँकी घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अटोसहित चालक सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका ४३ वर्षीय विनोद खड्कालाई नियन्त्रणमा लिएको छ ।