२३ जेष्ठ २०८३, शनिबार

सुनसरीमा बस–माइक्रो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । १५जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।