१४ असार २०८३, आइतबार

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रवि लामिछानेसँग गर्‍यो भेट

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, २६ साउन । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले थुनामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहित पदाधिकारीहरूले लामिछानेको स्थिति, बसाई लगायतका बारेमा जानकारी लिएका हुन् ।

लामिछानेलाई कारागारमा सामान्य नागरिकलाई दिइने सेवा सुविधान पनि नदिइएको भन्दै चर्चा चलेपछि आायोगले आज अनुगमन गरेको हो ।