२१ जेष्ठ २०८३, बिहिबार

‘नेपाली रूट्स सम्मेलन २०२५’ म्युनिकमा सम्पन्न

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्युनिक, २५ साउन । जर्मनीभरबाट आएका विभिन्न पेशमा आवद्ध नेपालीहरुको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९, मा म्युनिकमा उत्साहपूर्वक सम्पन्न भएको छ ।

नेपाली रूट्स इभीद्वारा आयोजित यस वर्षको सम्मेलन ह्वेर आइडियाज् मिट एक्सन्स् एण्ड कम्यूनिटी मिट्स अपरच्यूनिटिज् शीर्षकमा आयोजना गरिएको हो । सम्मेलनमा जर्मनीका विभिन्न शहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाली रूट्स जर्मनीमा रहेका नेपाली पेशागत समुदायलाई ज्ञान, सीप र अवसरको साझा मञ्चमा जोड्ने संस्था हो।

कार्यक्रमको अध्यक्ष्यता नेपाली रूट्सका अध्यक्ष डा.कृतन गौतमले गरेका थिए भने कार्यक्रमका मुख्य संयोजक सन्दीप बास्तोलाको नेतृत्वमा उद्घाटन सत्र सम्पन्न भएको हो । नेपाली रूट्सका रवीन्द्र घिमिरे र सन्दीप बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि जर्मनीस्थित नेपालका राजदूत महामहिम डा। शैल रुपाखेतीले विशेष अभिवादन गर्दै जर्मनीमा रहेका नेपाली पेशागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल र जर्मनीबीचको सहकार्यमा प्रयोग गर्न सकिने सम्भावनाबारे जोड दिए ।

GIZ नेपालका सौरभ कोइरालाले पनि संस्थागत साझेदारी र दिगो विकासमा ज्ञान–विनिमयको भूमिकाबारे शुभकामना मन्तव्य राखेका थिए । मुख्य वक्ताका रूपमा वरिस्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक र न्ँश् हेल्महोल्त्ज केन्द्र जर्मनीका अनुसन्धान समूह प्रमुख डा. महेश्वर रुपाखेतीले नेपाल एक न्यून कार्बन उत्सर्जन गर्ने रास्ट्र भए पनि जलवायु परिवर्तनका गम्भीर प्रभावहरू भोगिरहेको उल्लेख गर्दै, जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहकार्यद्वारा नेपाललाई जलवायु सहनशील बनाउन आह्वान गरे।

यसैगरी, ,रवीन्द्र घिमिरेको संयोजनमा, प्रकाश सुवेदी ९वरिष्ठ प्रबन्धक, बीएमडब्लू र दिनेश पौडेल (पीएचडी उम्मेदवार, टम एण्ड हाइपरलुप) वक्ता रहेको प्यानल छलफलमा जलवायु परिवर्तनले अटोमोटिभ, नीतिगत र प्रविधि क्षेत्रमा पार्ने प्रभावबारे विविध दृष्टिकोण प्रस्तुत गर्दै, वक्ताहरूले नेपालमा विद्युतिय सवारीको तीव्र वृद्धि, नीतिगत स्थिरता, प्राविधिक क्षमता अभिवृद्धि, दिगोपनका लागि प्रविधि प्रयोग, र स्थानीय सरकारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्मको आवश्यकतामा जोड दिएका छन् ।

पर्यावरण विशेषज्ञ तथा क्यानोपी वैज्ञानिक डा. यज्ञ अधिकारीले प्रवासी नेपालीहरूको सामूहिक शक्ति, विज्ञान र समुदायको सहकार्यद्वारा हिमाल र वन जोगाउने आवश्यकता औंल्याउँदै, वन पुनर्स्थापना, जलवायु स्मार्ट कृषि, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय साझेदारीलाई जलवायु संकटको समाधानका मुख्य बाटोका रूपमा प्रस्तुत गरे । जीएएन प्रविधिका प्रमुख र वैज्ञानिक अनुसन्धानकर्ता डा. सरद बहादुर थापाले सेमिकन्डक्टरलाई जलवायु सहनशीलताको मेरुदण्ड भन्दै, यसको उच्च ऊर्जा, पानी खपत र कार्बन फुटप्रिन्टका चुनौतीसँगै, स्मार्ट कृषि, नवीकरणीय ऊर्जा, विद्युत यातायात जस्ता क्षेत्रमा नेपालका सम्भावनालाई औल्याए ।

दिगोपन विज्ञ रञ्जना बुढाथोकीले पर्यावरणीय सामाजिक सुशासनलाई जोखिम व्यवस्थापन र मूल्य सिर्जना दुवैका लागि महत्त्वपूर्ण उपकरणका रूपमा प्रस्तुत गर्दै, नेपालमा वित्तीय क्षेत्रमा मात्र सीमित ईएसजी अभ्यासलाई सबै क्षेत्रमा विस्तार गर्न, पारदर्शिता र प्रवासी विशेषज्ञताको उपयोगद्वारा दिगो लगानी आकर्षित गर्नुपर्ने आवश्यकता दर्शाइन् । पीएचडी अनुसन्धान्कर्ता समिप श्रेष्ठले, हिमाली क्षेत्रमा जोखिम पहिचान र प्रारम्भिक चेतावनीका लागि रिमोट सेन्सिङको अत्यावश्यकता बारे धारणा राखेका थिए ।

अर्को प्यानल सत्रमा, सुमन सिम्खडाको संयोजनमा नविन राज गैह्रे (मुख्य सञ्चालन अधिकृत र समिप राउत) ले जर्मनीस्थित उद्यमी र व्यवसायिक नेटवर्कको योगदानबारे विचार प्रस्तुत गरे जसमा विशेषतः नेपाली डायस्पोराले नेपालमा ज्ञान र लगानी मार्फत अर्थतन्त्र र स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने, उद्यमशीलता र नेटवर्किङलाई बलियो बनाउनु जरुरी रहेकोमा जोड दिएको हो ।

कार्यक्रमको अन्त्यतिर, सहभागीहरूलाई चार समूहमा विभाजन गरी समूहगत छलफल र समाधान निर्माण गतिविधि गरिएको थियो, जसमा वक्ताहरू समेत प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।