काठमाडौं, २५ साउन । पशुपति आर्यघाटमा दाहासंस्कारका लागि लगिएको शवको हड्डी बेचेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एकजना घाटे बाहुन पनि छन् भने अर्का दाउरा उठाउने व्यक्ति छन् ।
पीडितका आफन्तले शवको मासु र हड्डी बेचेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेकाले आरोप स्वीकार गरेका बताइएको छ । उनीहरू हड्डी अघोरी बाबालाई बेचेको हुन सक्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया