३१ जेष्ठ २०८३, आइतबार

बलरा नगरपालिकामा आज शोक बिदा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ साउन । सर्लाहीको बलरा नगरपालिकाले कार्यपालिका सदस्यको निधनमा आज (आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ ।

बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् । मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दादेवी बैठाको शुक्रबार निधन भएको थियो ।

नगरप्रमुख कुशवाहाले वडा सदस्य बैठाको निधन प्रति दुःख व्यक्त गर्दै नगरपालिकाभित्र शोक बिदा दिइएको बताए ।

५५ वर्षीया चन्दादेवीको गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।