२२ असार २०८३, सोमबार

पोखराका ज्येष्ठ नगर पिता १०६ वर्षीय दहालको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ साउन । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ ।

विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०:३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

उनको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा जन्मिएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आएकामा पछिल्लो २० वर्ष यता रायमाझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आएका अशोक रायमाझीले जानकारी दिए ।

अध्यक्ष पराजुलीका अनुसार दाहाल पछिल्लो पाँच दिनदेखि उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको थियो ।