१९ असार २०८३, शुक्रबार

रूपन्देही कारागारले भन्यो- रवि लामिछानेलाई पनि अन्य कैदी सरह सेवा सुविधा उपलब्ध गराइएको छ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २३ साउन । रूपन्देही कारागार कार्यालयले थुनामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि अन्य कैदी सरह सेवा सुविधा दिइएको बताएको छ ।

लामिछानेलाई सेवा सुविधाबाट वञ्चित गरिएको भन्दै समाचार सार्वजनिक भएपछि कारागार कार्यालयले लामिछानेलाई पनि अन्य सामान्य कैदी सरह सेवा उपलब्ध गराइएको बताएको हो ।

लामिछानेको सुरक्षालाई ध्यानमा राख्दै छुट्टै कोठामा बसोबासको व्यवस्था मिलाइएको पनि कार्यालयले जानकारी दिएको हो । कारागार प्रशासनले नियमित रूपमा लामिछानेसँग भेट गरी समस्या तथा आवश्यकताबारे सोधपुछ गर्ने र देखिएका समस्याको समाधान गर्ने काम गर्दै आएको जनाएको छ।

लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा जस्तै सुविधाहरू विभेद नगरी प्रदान गरिएको कारागार पक्षको भनाइ छ। साथै, बाहिरबाट भेटघाट वा सञ्चार सुविधा लामिछानेको इच्छाअनुसार मात्र उपलब्ध गराइने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।