
काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै प्रथम पाँचतारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्सको सोल्टी हेरिटेज क्लबबीच एससीटी–युनियन पे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात यहि अगस्ट ५, २०२५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससीटी–युनियन पे कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एण्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिपअन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुविधाहरू पाउनेछन् । यस छुटमा फुड एण्ड बेभेरेजमा १० प्रतिशत छुट, विशेष रुम महशुल दर साथै बड्डे र एनिभर्सरीमा २० प्रतिशत विशेष छुट हुनेछ । यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनुपर्ने हुन्छ । सदस्यता लिन निःशुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेशनबाट सजिलै लिन सक्नेछन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी–युनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।









प्रतिक्रिया