१० असार २०८३, बुधबार

झलनाथलाई माधवले फरि भने- केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति फेरि कडा टिप्पणी गरेका छन् ।

खनालले एमालेबाट अलग्गिनु गल्ती भएको प्रक्रितिया दिएपछि नेपालले एकपछि अर्को टिप्प्णी गरेका हुन् ।

आज काठमाडौंमा आयोजित पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले झलनाथलाई एमाले अध्यक्ष केपी ओलीकै सेवा गरेको बसेको भए हुने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह ठिक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’ ।