हेटौँडा, २३ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् ।
मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् ।
बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्री समेत हुन् ।
त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् ।









प्रतिक्रिया