२७ जेष्ठ २०८३, बुधबार

कारागार पुगेर रविलाई भेटेपछि बाबुरामले भने- उहाँलाई पत्रपत्रिकासमेत पढ्न नदिने रहेछ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २२ साउन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् । भट्टराईले लामिछानेले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बतनाए ।

उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो। तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

यस्तै उनले लामिछानेलाई कारागारमा पत्रपत्रिकासमेत पढ्न नदिने गरेको पाइएको बताएका छन् ।

उनले भने, ‘उहाँलाई ल्याएर दिँदो पनि रहेनछ, त्यो त हामी पन्चायतकालमा बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गर्‍यौँ। मैले प्रहरीलाई सोधेँ उहाँहरूले आदेश छैन भन्नुभयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो। राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु।’