१७ असार २०८३, बुधबार

पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका युवकको खोजीका लागि हात्ती परिचालन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २२ साउन । बर्दियामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवकको खोजीको लागि हात्ती परिचालन गरिएको छ ।

ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा खोलामा पौडी खेल्ने क्रममा मधुवन नगरपालिका –१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगरलाई गोहीले आक्रमण गरेको थियो ।

उनीसँगैका दुई साथी भाग्न सफल भएपनि उनलाई गोहीले आक्रमण गरेर पानीभित्र लगेको बताइएको छ ।

खोजीका लागि निकुञ्जका दुई हात्ती, मोटरबोटको प्रयोग गरि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका हुन् ।