काठमाडौं, २१ साउन । ठगी आरोपमा शेयर कारोबारी जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।
११ करोड ५५ लाख ठगी गरेको आरोपमा ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवसहित ४ जनाविरुद्ध ठगीको उजुरी परेको थियो।
प्रहरीमा उजुरी परेपछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीवास्तवसहित सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने पनि छन्।









प्रतिक्रिया