काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा अ बाट मुक्त हुन आग्रह गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर संसद बहिष्कार गरिरहेका विषयमा बोल्दै तीन अ ‘अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट’ मुक्त हुन आग्रह गरेका हुन् ।
पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको उनको भनाइ छ ।
उनले भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ? ‘रास्वपाको मित्रहरुलाई नम्रतापूर्वक मेरो सुझाव छ-नयाँ नयाँ दल छ। अनुभवले खारिन बाँकी छ । त्यसैले ३ वटा ‘अ’बाट मुक्त हुनुहोस्।’








प्रतिक्रिया