२८ जेष्ठ २०८३, बिहिबार

रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २१ साउन । झापामा रूखमा बाँधेका एकजना वृद्वको मृत्यु भएको छ ।

झापा गाउँपालिका-१ का जतन सोरेनले अध्यधिक मदिरा सेवन गरेर हो–हल्ला गरेको भन्दै छिमेकीले रूखमा बाँधेका थिए । उनलाई रातिनै रूखमा बाँधिएको थियो । बिहान हेर्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले मृतक सोरेनकै छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।