९ असार २०८३, मंगलबार

आज कति छ सुनचाँदीको मूल्य ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २ हजार २८० मा कारोबार भएको थियो ।