९ असार २०८३, मंगलबार

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । एनएमवि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । मंगलबार रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच बैंकले उद्दार सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले उपत्यका प्रहरी कार्यालय प्रमुख अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई उद्दार सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी सामग्रीहरु समावेश छ ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।