२९ जेष्ठ २०८३, शुक्रबार

६५ वर्ष पूरा गरेको अवसरमा गोल्यान ग्रुपले सार्वजनिक गर्‍यो ब्राण्ड फिल्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ ।

यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको हो । ‘गोल्यान फर ग्रोथ’ अर्थात् ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ ।

सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ । छ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ ।

गोल्यान ग्रुपले आफूहरुको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारितकाले रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ । यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाई छ ।

‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ’ समूहको भनाई छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’

‘जब विकासले सबैलाई समेट्छ, तब मात्र त्यसको वास्तविक महत्त्व हुन्छ भन्ने कुरा यस ब्राण्ड फिल्मले देखाउँछ । गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्,’ ‘यो फिल्म हामीबारे होइन। यो ती मानिसहरूबारे हो जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ, जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्‍याएका छौं। यो साझा प्रगतिको कथा हो—ती मानिसहरू, समुदायहरू र हाम्रो देशको, जसको हामी गर्विलो हिस्सा हौं ।’

भिडियोमा रहेको सन्देशले गोल्यान ग्रुपको दीर्घकालीन दर्शनलाई प्रतिबिम्बित गर्छ । विगत ६५ वर्षदेखि, यस समूहले नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ आफूहरुले उद्यमहरू खडा गर्दै आएको बताएको छ, चाहे त्यो ऊर्जामा पहुँच विस्तार गरेर होस्, उचित बजार उपलब्ध गराएर होस्, रोजगारी सिर्जना गरेर होस् वा नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएर होस् ।

गोल्यान ग्रुप र यसको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेको छ । जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारले प्रदान गरेको ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति’ (सीआईपी) को उपाधि पनि समावेश छन् ।

यस समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू पनि प्राप्त गरेको छ ।