२० असार २०८३, शनिबार

अमट्रेड कनेक्ट एपमार्फत पहिलो रिडेम्सनः न्यू राम जानकीलाई स्मार्टफोन पुरस्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २० साउन । जनकपुरस्थित न्यू राम जानकी ब्याट्री सेन्टर अमट्रेड प्रालिको नवनिर्मित “अमट्रेड कनेक्ट” एप्लिकेसनमार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफल भएको छ । यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।

अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबूत बनाउन, उनीहरूको समर्पणलाई सराहना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो । न्यू राम जानकी ब्याट्री सेन्टरका सञ्चालक पंकजकुमार साहले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरे । अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरिसुन्दर दुवेदीले एक विशेष कार्यक्रमको अवसरमा पुरस्कार सञ्चालक साहलाई हस्तान्तरण गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै सञ्चालक साहले भने, “अमट्रेड कनेक्ट एपमार्फत पहिलो पुरस्कार रिडिम गर्न पाउँदा म धेरै खुसी र उत्साहित छु । यसले हामी जस्ता डिलरहरूको कामको प्रतिफल र मूल्यांकन भएको महसुस गराएको छ र भविष्यमा अझ बढी उत्साहका साथ काम गर्न प्रेरित गरेको छ ।” यो पहिलो रिडेम्सनले गर्दा एपको सुरुवात नै उत्साहजनक रहँदैछ । अमट्रेडले आगामी दिनहरूमा थप धेरै च्यानल पार्टनरहरूले यस एपको माध्यमबाट लाभान्वित हुने अपेक्षा राखेको छ ।