
मुगु, २० साउन । जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भीर घाइते र अन्य सामान्य घाइते भएका छन् । सोमबार बिहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सडक तल खसेपछि एक जना गम्भीर घाइते हुनुका साथै अन्य सामान्य घाइते भएका हुन् ।
भिजिट कर्णाली यातायात प्रालिको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुँदा कास्की पोखरा २९ निवासी २८ वर्षीय रुवी थापाको करङमा चोट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । गाडीमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडी दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।
जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार पाल्पा मातागढी गाउँपालिका वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मी सत्यवती–३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ–२ निवासी २६ वर्षीय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर–८ निवासी ३५ वर्षीय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाइते भएका हुन् ।
यसैगरी, गाडीका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी २५ वर्षीय रत्नप्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।







प्रतिक्रिया