२८ असार २०८३, आइतबार

तीनकुने घटनामा दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । तीनकुने घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज उच्च अदालत पाटनले प्रसाईंलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईं हिंसात्मक घटनामा संलग्न रहेको यथेष्ट प्रमाण नभेटिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रसाईँलाई आजै बैंकिङ कसुर मुद्दामा पनि उच्च अदालतले २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।