
पोखरा, १९ साउन । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच सोलार सामग्री हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गरेका थिए । कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्रकुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे, बिमलबहादुर कुँवर र ओमकुमार मुल्मी लगायतको उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आश्रमका बारे जानकारी गराएका थिए ।
बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले सोलार सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रिन मन्थ’को रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो । बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया