२७ जेष्ठ २०८३, बुधबार

बकैयामा इभी भ्यान दुर्घटना : तीन जना घाइते, एकको अवस्था गम्भीर

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १९ साउन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभी भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।

इभी भ्यान कुन कम्पनीको हो र कहाँ जाँदै थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।