१० असार २०८३, बुधबार

बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ साउन । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सोमबार हेटौंडामा निर्माण सम्पन्न भएको नयाँ प्रदेश सभा भवनको अनुगमन गरेका छन् ।

सभामुख पाठकले भवनको सभा कक्ष, सचिवालय कक्ष, सञ्चार सुविधा, बैठक स्थल लगायतका भौतिक संरचनाको निरीक्षण गर्दै निर्माणको गुणस्तर, प्रविधि र सुविधा सम्बन्धी जानकारी लिएका थिए । उनले अनुगमनका क्रममा सम्बन्धित निकायलाई भवन सञ्चालनका लागि आवश्यक तयारीमा तीव्रता दिन निर्देश नसमेत दिए ।

नयाँ भवन अत्याधुनिक प्रविधिले सुसज्जित गरिएको छ, जसमा सभा सञ्चालनका लागि अडियो भिजुअल सिस्टम, प्रतिनिधिहरूको बैठकका लागि आरामदायी संरचना तथा सुरक्षा व्यवस्थासमेत समावेश छन् ।

सभामुख पाठकले नयाँ भवनमार्फत प्रदेश सभाको कार्यप्रणाली अझ प्रभावकारी, पारदर्शी र सुव्यवस्थित हुने विश्वास व्यक्त गरे । यो नयाँ भवनबाट बागमती प्रदेश सभाको विधायन प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।