१९ असार २०८३, शुक्रबार

संघीय संसद्का दुई समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । आज संघीय संसद्अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट)का प्रतिनिधिहरूसँग छलफल हुनेछ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।