९ असार २०८३, मंगलबार

मेटलाइफ नेपाललाई ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरुसँगै ‘ग्रेट प्लेस टु वर्क’को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ । यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिवद्धतालाई झल्काउँछ, जहाँ सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्छन् ।

गत महिना मेटलाइफका विश्वभरका ३३ बजारका २४,००० भन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए । यो विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डको रूपमा मानिन्छ । मेटलाइफ नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर मेटलाइफको साझा उद्देश्य, समावेशीता प्रतिको प्रतिवद्धता, र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउँछ ।

“यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, “जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन र त्यसले हाम्रा ग्राहक, समुदाय र एकअर्काका लागि ठूलो प्रभाव पार्दछ ।”