६ असार २०८३, शनिबार

मिडिया काउन्सील विधेयकमाथि सञ्चारमन्त्री गुरुङ र पत्रकारहरुबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, १६ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सील विधेयकमाथि छलफल भएको छ । सञ्चार मन्त्रालयमा आज प्रेस चौतारी नेपालले छलफल आयोजना गरेको हो ।

छलफलमा नेपाल पत्रकार महासंघ, पत्रकारसँग सम्बन्धीत विभिन्न संघसंस्थाहरु, पत्रकार एवं सम्पादकहरुको उपस्थीति रहेको थियो । सञ्चार मन्त्री गुरुङले छलफलमा उठेका प्रश्नहरुको संबोधन गर्दै प्रेस स्वतन्त्रता र स्वायत्तताप्रति संवेदनशील हुँदै मिडिया काउन्सीललाई व्यवस्थीत र मर्यादित बनाउन प्रयत्नरत रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिवगाँउलेले मिडिया काउन्सील विधेयकले पत्रकारलाई आचारसंहितामा रहने र पत्रकारको गुनासो सुन्ने नियकायको रुपमा स्थापीत गर्न आग्रह गरे । बेलायको प्रेस काउन्सीलको संरचनागत अभ्यासको उदाहरण दिदैँ उहाँले राज्य र पत्रकार बिचको सन्तुलन कायम गर्न पनि मिडिया विधेयकको संरचना स्वायक्त हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डीतले मिडिया काउन्सील पत्रकारको न्यायलय जस्तै भएकाले यसको मर्यादित भन्दा स्वनियममा अभिप्ररित गर्नु पर्ने धारणा राखिन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारको लागि बनाउन लागिएको मिडिया काउन्सील विधेयकलाई पत्रकारले नै अपनत्व गर्ने बनाउन छलफल आवश्यक रहेको बताए ।

छलफलमा प्रेस चौतारीका महासचिव हिरामान लामा, पुर्व अध्यक्षहरु, गणेश बस्नेत, राजेन्द्र अर्याल, सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट लगायत पत्रकार एवं मिडिया सरोकारवालाहरुको उपस्थीति थियो ।