२४ जेष्ठ २०८३, आइतबार

झलनाथलाई माधवको जवाफ- नैतिकताको आधारमा पार्टीबाट बिदा लिए हुन्छ

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

खनालले एमाले विभाजन गर्नु गल्ती भएको अभिव्यक्ति दिएपछि विराटनगर पुगेका अध्यक्ष नेपालले पार्टी छोड्न आग्रह गरेका हुन् ।

खनालले दिएको अभिव्यक्ति पार्टीको नीति विपरीत भएको उनले बताए ।

उनले भने, ‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकताको आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ ।