
काठमाडौं, १६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन निर्देशन दिएका छन् ।
सभापति भेट्न बूढानीलकण्ठ पुगेका लामालाई देउवाले चुनावी परिणाम स्वीकार गर्दै राजीनामा दिन निर्देशन दिए ।
लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न देउवाले आग्रह गरेका हुन् । काँग्रेस नेतृत्वले नै मुख्यमन्त्रीबाट लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई बनाउने तयारी गरेको छ ।
यसअघि लामालाई हराउँदै कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ विजयी भइसकेका छन् ।








प्रतिक्रिया