
काठमाडौं, १५ साउन । उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर चौधरीलाई थुनाएका थिए ।
पछि उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलेको छ । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौं उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।









प्रतिक्रिया