
काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
उनले आज पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै पार्टी विधि पद्वति अनुसार चल्न नसकेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले पार्टी नेतृत्वले विधि–विधानको पालना नगरी सङ्गठनलाई अध्यक्ष राजेन्द्र लिङ्देनको ’प्राइभेट कम्पनी’ झैँ चलाएको आरोप लगाएका छन्।
कार्कीले पार्टीभित्र चाकडी र चाप्लुसी प्रवृत्तिको बढोत्तरी भएको र इमानदार तथा जनाधार भएका कार्यकर्ताहरूलाई अपमानित गरिँदै आएको उल्लेख गरेका हुन् ।








प्रतिक्रिया