१८ असार २०८३, बिहिबार

दाङमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १५ साउन । घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर १७ का १५ वर्षीया सविन भण्डारी र सोही वडाका १७ वर्षीया मनोज रोकामगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतक दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । सोही वडाका ट्याक्टर चालक २६ वर्षका सुरेश चौधरी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।