९ असार २०८३, मंगलबार

आमरण अनशनमा रहेका नगर प्रमुख भट्टराई अस्पताल भर्ना

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । आमरण अनशनमा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका थिए । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गरेका हुन् । हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अनशनलाई निरन्तता दिइरहेका छन् । स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना भएको बताइएको छ । उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन् ।

माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियोे । प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो ।