१६ असार २०८३, मंगलबार

‘सन नेपाल एचिभर नाइट २०८२’ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न विधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम ब्यवसायमा सर्वाधिक बीमा शुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

साथै कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा बर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइँ लगायत बरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व विकास भई ग्राहक बर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको बताए ।