
सुर्खेत, १३ साउन । वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। उनको आज बिहान मृत्यु भएको हो ।
फोक्सोको क्यान्सरबाट पीडित शाहीको अस्पतालबाट फर्किँदा फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उपचार सम्भव नभएको भन्दै वीर अस्पतालले उनलाई घर फर्काइदिएको थियो । उनी नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वीरेन्द्रनगर नगरपालिकाले उनको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।








प्रतिक्रिया