
काभ्रे, १३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिकमा एकजनाको लडेर मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका-५ का ६० वर्षीय सेतेमान भोलनको लडेर मत्यु भएको हो । उनी घरबाट दूध लिएर बजार जाँदै गर्दा बाटोमै लडेका थिए । उनी बेथानचोक गाउँपालिका-३ गोर्खाली टोलस्थित डेरीमा दूध लिएर जाने क्रममा लडेका हुन् ।
लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।









प्रतिक्रिया