२३ जेष्ठ २०८३, शनिबार

टेरामक्स प्रकरण : दिगम्बर झा ३ लाख धरौटीमा रिहा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । टेरामक्स प्रकरणमा तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतमा न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

झाविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ १ गते झासहित प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

उनी आज अदालतमा हाजिर भएका थिए। आज बयान लिएर थुनछेक बहसपछि अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी आजै धरौटी बुझाएर रिहा भएका छन् ।