
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन मा गरेकी हुन् ।
उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेकोमा जोड दिएकी छिन् ।








प्रतिक्रिया