
काठमाडौं, ९ साउन । सीजी मोटर्सले गिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडी ६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउनपेमेन्टमै यो अत्याधुनिकपिकअप आफ्नो बनाउन सक्ने भएका हुन् । यस अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको जनाएको छ।
रिड्डारा आरडी ६ मा ६३ किलोवाट आवर क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने एकल इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३७७ किलोमिटर (एनइडीसी) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। गिलीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डीपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ । जसले नेपाली सडकमा झनै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
यस पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भीटूएल प्रविधि समावेश गरिएको छ । जसको माध्यमबाट गाडीमार्फत बाह्य विद्युतीय उपकरणहरू चार्ज गर्न सकिन्छ। साथै यसमा कम्फटर्, इकोनोमी, अफ रोड गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट, र ६६ प्रतिशत उच्च गुणस्तरको स्टिलबाट बनेको मजबुत बडी प्रयोग गरिएको छ।
विशेष योजना अन्तर्गत ग्राहकहरूले निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्-
आकर्षक क्यासब्याक अफर
निःशुल्क एसेसोरीहरू
रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस
चार्जिङ तथा सेवा सुविधा सहज बनाउन सीजी मोटर्सले नेपालभरि २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा ल्याइसकेको छ। जसले गर्दा रिड्डारा आरडी ६ का मालिकहरू जहाँ भए पनि सजिलै चार्जिङ तथा सेवा सुविधा पाउनेछन्।








प्रतिक्रिया