४ श्रावण २०८३, सोमबार

कुलमान घिसिङ भन्छन्– अब देशले नयाँ नेतृत्व खोजेको छ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।

विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए ।

उनले भने, ‘नेपालमा केही हुँदैन, केही हुन सक्दैन भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ । अब यहीं गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ । नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिएत्यो अहिलेसम्म पूरा हुन सकेको छैन् । यो वास्तविकता हो ।’