१५ असार २०८३, सोमबार

बाजुरा दुर्घटना : मृतकको संख्या तीन पुग्यो (अपडेट)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ८ साउन । बाजुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका १५ जनामध्ये तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका–५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको हो ।

यसअघि ७६ वर्षीय बिजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको थियो।