११ असार २०८३, बिहिबार

कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण पौडेल

कपिलवस्तु, साउन ७ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवानगरमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार दुर्घटना आज दिउँसो ३:४० बजे चन्द्रौटा हुँदै कृष्णनगरतर्फ गइरहेको भे.१ ख. ११८२ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो । प्रहरीका अनुसार बसको स्टेरिङ फेल भएर सवारी अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

दुर्घटनामा अर्घाखाँची, दाङ र भारत लगायतका विभिन्न स्थानबाट यात्रा गरिरहेका यात्रुहरू परेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेहरूको उपचारका लागि तत्कालै शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीको कमाण्डमा ११ जना प्रहरी टोली परिचालन गरिएको थियो।

बस चालक भने दुर्घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरू–

१. रेन बहादुर सार्की, ६४ बर्ष, अर्घाखाँची छत्रदेव- ३
२. सरस्वती सार्की, ५७ बर्ष, अर्घाखाँची (रिफर)
३. राम ब. सुनार, ३५ बर्ष, दाङ घोराही-३
४. विष्णु वस्नेत,  २९ बर्ष, दाङ तु. उ. मा.- १२
५ . कोकिल ब. केसी, ६४ बर्ष कृष्णनगर-१ शिवानगर
६. लखपती कुर्मी, ३५ बर्ष महाराजगंज-२
७. गणेश बस्नेत, ३४ बर्ष, तुलसीपुर-१२
८. ओम प्रकाश चौधरी, ४८ बर्ष कृष्णनगर-९ जुमिला
९. जवाहिर लाल कोरी, २२ बर्ष चन्द्रौटा (रिफर)
१०. राधेश्याम कुर्मी, ५० बर्ष, कृष्णनगर-९
११. सकिल अहमद, १७ बर्ष, डुमरिया, भारत
१२. महेश नाउ, ३६ बर्ष, कृष्णनगर-९
१३. शिवपुजन यादब, २५ वर्ष, कृष्णनगर-९
१४. अकलमती कोरी, ४८ बर्ष, कृष्णनगर-९
१५. बिफै कोरी, ४९ बर्ष, कृष्णनगर-९
१६. दिलबहार अली, ५२ बर्ष, शिवराज-८
१७. तिलकराम कोरी, ४० वर्ष, कृष्णनगर-९
१८. रिता कोरी, ४० बर्ष, कृष्णनगर-९
१९. सुरेन्द्र कुमार चौधरी, ३३ बर्ष, कृष्णनगर-९